थोरै डेटा खपत गर्ने गरी पढ्न मिल्ने संस्करण हेर्नुहोस्।

Article Information
-
- Author,प्रदीप बस्याल
- Role,बीबीसी न्यूज नेपाली
- १९ फेब्रुवरी २०२६
- पढ्ने समय: ४ मिनेट
प्रजातन्त्र दिवसका अवसरमा बिहीवार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री सुशीला कार्कीले उठाएका प्रश्नहरू दलहरूका लागि “सुध्रनका लागि चेतावनी”का रूपमा आएको राजनीतिशास्त्रीहरूले टिप्पणी गरेका छन्।
उनीहरूले गैरदलीय सरकार भएकाले र भर्खरको आन्दोलनको जगमा बनेकाले प्रधानमन्त्रीले त्यस्तो “दुर्लभ” अभिव्यक्ति दिन सकेको बताएका छन्।
चुनावको दुई साताअघि बोलेकी कार्कीले “युवालाई अपमान र तिरस्कार गरिरहे भने फेरि पनि विद्रोह हुने” कुरा आफ्नो लिखित मन्तव्यमा उठाएकी थिइन्।
- जनसङ्ख्या बढी छ तर मतदाता सूचीमा किन कम छन् महिला
- जेनजी आन्दोलनको जड भ्रष्टाचार र सुशासन, तर त्यसबारे उच्चस्तरीय आयोग किन बन्न सकेन?
युवामा “ऊर्जा, नैतिक क्रोध र परिवर्तनको आकाङ्क्षा” रहेको बताउँदै कार्कीले उनीहरूका “नातावाद, कृपावाद र भ्रष्टाचारजस्ता असन्तोषलाई दबाएर नभई, सम्बोधन गरेर मात्र राष्ट्र अघि बढ्न सक्ने” बताएकी थिइन्।
“विधिको शासन आवश्यक छ तर प्रक्रियाको नाममा नागरिकलाई अल्झाएर राख्नु, ढिलासुस्ती, हैरानी र प्रताडना दिनु पनि लोकतन्त्रको अभ्यास होइन। यो त बेथिति हो,” प्रधानमन्त्री कार्कीले भनिन्।

