राधेश्याम कुशवाहा,०३जेठ सर्लाही।।सर्लाहीको बलरा नगरपालिकामा माओवादी केन्द्रका मेयर पदका उम्मेदवार तथा पुर्व प्रधानाध्यापक रामाशंकर प्रसाद कुशवाहा भारी मत अन्तरले विजयी भएको छ ।
माओवादी केन्द्रका कुशवाहा आफनो निकटतम प्रतिद्वन्दी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार अभय सिंहलाई १०१२ मतको भारी अन्तरले पछि पार्दै विजयी भएका हुन ।
आज बिहान सम्पन्न मतगणानाको परिणाम अनुसार नगर प्रमुखमा कुशवाहाले ४६४३ मत प्राप्त गरी निर्वाचित भएको छ भने उनको निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदरवार सिंहले ३६३१ मत गरेको बलराका निर्वाचन अधिकृत रंजित यादवले जानकारी दिए ।
त्यस्तै उपप्रमुखमा कोशिला देवीले ४३५१ मत प्राप्त गरी निर्वाचित भईन भने उहाको निकटतम् प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदरवार रागनी देवीले ३७४० मत प्राप्त गरिन ।
बलरा नगरपालिकाका पुर्व नगरप्रमुखका छोरा र पुर्व प्रधानाध्यापक रामाशंकर कुशवाहा गोडैता नगरपालिका वार्ड न.५ बगदह स्थित श्री रामजानकी आधारभुत विधालयमा प्रधानाध्यापकका रुपमा कार्यरत थिए ।
यो सँगै सर्लाहीमा माओवादी केन्द्रले एउटा गाउँपालिका र नगरपालिका गरी २ पालिका जितेको छ भने नेपाली कांग्रेसले भने दुई वटा गाउँपालिका र एउटा नगरपालिका गरी तिन पालिका जितेको छ । सर्लाहीमा अहिले सम्म भने अन्य पार्टीले कुनै पनि पालिकामा खाता समेत खोल्न सकेका छैन ।